समस्या मात्र होईन, समाधान पनि स्थानीय स्तरमै देख्छु

रोजन तामाङ 6 January 2022

म पेशाले पत्रकार हुँ । समाजिक प्राथमिकताका विषय सँगै सत्य तथ्य घटनाबारे कलम चलाउँदै आएको छु । पत्रकारिताकै शिलशिलामा समाजका फरक चित्रहरूलाई समयसमयमा बाहिर ल्याउँदै आईरहेको छु । यसले मलाई कहिलेकाही सामाजिक दायित्व निर्वाह गरेको पनि महसुस हुन्छ । कहिलेकाहीँ चाहँदा चाहँदै पनि उठान गर्नुपर्ने विषयहरू ओझेलमा परिरहेका हुन्छन् । ति विषयको गहिराईमा पुग्न समय लाग्ने रहेछ । मेरो लागि त्यो विषय वैदेशिक रोजगारीको हो । गाउँका अरु युवा जस्तै मेरो दुई जना भाईहरू पनि खाडीका मुलुक पुगे । एक जना भाईले सम्झौतामा तोकिए अनुसार पारिश्रमिक नपाएर दुःख पायो भने, अर्को भाईलाई त बुबाले घरबाट ४० हजार रुपैयाँ पठाएर फिर्ता बोलाउनुपर्यो । आफ्नै घरको घटनाले मलाई यो विषय प्रती अझ बढी संवेदनशिल बनायो । हुन त मैले, वैदेशिक रोजगारीले निमत्याएको समस्याबारे धेरै पटक लेखे । तर, उठान गरिएका विषयवस्तु सतही थिए भनेर पछि मात्र बुझे ।

एकउन्टबिलिटी ल्याबको सिभिक एक्सन टिमसँग जोडिएर काम गर्दैगर्दा वैदेशिक रोजगारीबाट फर्कीएका युवाहरू र रोजगारीकै लागी विदेश जान चहाने युवाहरूसँग छलफल तथा भेटघाट हुन थाल्यो । उनीहरूका वास्तविक समस्या बुझ्नथाले । त्यही शिलशिलामा वैदेशिक रोजगारीका लागि उडेको २३ दिनमै नेपाल फर्किन बाध्य युवासँग पनि भेट भयो । धुलिखेल नगरपालिका वडा नं १० बतासेका सुमन अधिकारी रोजगारीको लागि नेपालबाट दुवाई उडेका थिए । उनले विदेशमा केहि हुन्छ कि भनेर दलाललाई २ लाख ५० हजार रुपैयाँ तिरेका थिए । सिभिक एक्सन टिमले आयोजना गरेको छलफलमा सहभागी अधिकारीकी दिदिले २ दिन अघि मात्र भाई विदेशबाट फर्किएको समस्या सुनाएकी थिईन् । उक्त छलफल पश्चात वडा अध्यक्ष पुष्प राउतसँगको समन्वय पछि सुमन अधिकारीलाई फोन गरेर वडामा बोलाइयो । उनि वडामा आए पछि लामो छलफल भयो । विदेशमा २३ दिन सम्म काम नगरी बस्नु परेको र ठगिमा परेको थाहा पाएपछि केहि सिप नलागेर नेपाल फर्किने निधो गरेको अधिकारीले हामीलाई जानकारी गराए । वडाको सहयोगमा सुमन अधिकारीले विदेशमा जाँदा लागेको ५० हजार बाहेक सबै रकम मेनपावरबाट फिर्ता लिन सफल भए । यो घटनाले एउटा महत्वपूर्ण सम्भावनालाई उजागर गरेको छ – स्थानीयको समस्याको समाधान स्थानीय स्तरमै रहेछ । मात्र, विषयको गाम्भिर्यतालाई नजरअन्दाज गरिएको रहेछ ।

वैदेशिक रोजगारीबाट फर्किएर आएका युवाहरू र रोजारीको लागि विदेश जान चाहने युवाहरूसँग नियमित भेटघाट भईरहन्छ । उनीहरू आर्थिक अवस्था कमजोर रहेको र नेपालमा रोजगारीको अभावका कारणले विदेश जान बाध्य भएको बताउँछन् । समस्यामा परेकाहरू फोन सम्पर्क गरेर आफ्नो समस्या सुनाउँछन् । ति समस्यालाई सम्बोधन गर्ने निकायको पहिचान गरी पठाउने गरेको छुँ । केही वर्ष अगाडी रबिओपीका नवराज पराजुलीले कतारमा काम गर्ने कम्पनीकै मेशिनमा परेर हातको औँला गुमाए । नेपाल फर्किन्छु भन्दा कम्पनीले अनुमती दिएन । यो कुरा उनका बुबाले हामीले नै आयोजना गरेको सामुदायिक छलफलमा सुनाएका थिए । त्यस पश्चात, सम्बन्धित ठाउँमा समन्वय गरेर डेढ महिना पछि उनलाई नेपाल फर्काउन सकियो । यि र यस्ता घटनाहरू प्रतिनिधी घटना मात्र हुन । यस्ता थुप्रै युवाका कथासँग जोडिन पाएको छु । यथार्थ बुझ्न पाएको छु । सक्दो सहजिकरण गर्ने गरेको छु । सानो सहयोग गर्दा पनि उनीहरूले ठुलो गुन मान्ने गरेकाछन् । राज्यको दायित्व हुँदाहुदै पनि उ जिम्मेवारीबाट पञ्छिएको छ । यसले, समस्यामा सरकार पिडितको सहयोगी बन्नुपर्ने कुरामा ठुलो प्रश्न चिन्ह खडा गर्दछ ।

अहिले म वैदेशिक रोजगारीले निम्त्याउने समस्या समुदायको कुना कुनामा देख्दछु । अनी केही हद सम्म समाधान पनि त्यही देख्छु । समयमै ध्यान नपुर्याउदा यसले निम्त्याउने सामाजिक र आर्थिक मुल्य हिसाब किताब बाहिरको कुरा हो । त्यसैले, आज समुदायमा गएर यो विषको बारेमा नजिकबाट बुझेर समस्या र सम्भावित समस्यालाई समाधानसँग जोड्न पाउँदा र उनिहरूका वास्तविक कथा बाहिर ल्याउन पाउँदा बल्ल पत्रकारिता औचित्य पुष्टि भएको महसुस गरेको छु ।

25 April 2023

Accountability Incubator 2023 Cohort

Accountability Lab supports civic youth leaders who are passionate to promote accountability and open governance through the Accountability Incubator Program. ...

Read More
20 March 2023

Countering Kleptocracy in Nepal

Accountability Lab Nepal (ALN) thoroughly engaged with the watchdogs within and outside government to embark on the conversation on Nepal’s ...

Read More
20 February 2023

Understanding Digital Rights Across Generations

Currently, there are two generations of Nepalis with different levels of understanding around digital rights. The first is the younger ...

Read More